kumari
stcnepal

प्रहरीले पक्राउ गरेपछि पुण्य गौतमलेआफुलाई रिहा गराईदिन गरे हारगुहार

चितवनको रत्ननगर स्थित विद्यालयको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका स्व:घोषित अभियन्ता पुण्य गौतम पक्राउ परेका छन् ।

आज दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनी सहितलाई प्रहरीले समातेको हो । हिरासतबाटै फेसबुकमा स्टाटस लेखेर पुण्यले आफू लगायतलाई छुटाइदिन आग्रह गरेका छन् । शालिनको न्यायको लागि आवाज बुलन्द गर्दा प्रहरीले समातेर महाराजगन्ज चौकीमा पुर्याएको उल्लेख गर्दै केही मीनेट अघि उनले लेखेको स्टाटसमा आफ्नो रिहाइका लागि आवाज उठाइदिन अनुरोध गरिएको छ ।

यस घटनामा कथित अभियन्ता, युटुबर लगायतले अतिरन्जित गरेर अनुसन्धान प्रभावित पार्न खोजेको जनाउँदै प्रहरीले भने संयमित रहन आग्रह गरेको छ ।

footer