kumari
stcnepal

लालबाबु पण्डित एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा

काठमाडौँ । नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्।
आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेका हुन्। पण्डितले लेखेका छन् । आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै १० औं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।

उनले आफू पदाधिकारीको दाबेदार भए पनि पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा मात्रै राखेकाले असन्तुष्टि जनाएका हुन्।
‘मेरो दाबी पदाधिकारीमा थियो, तर मलाई केन्द्रीय सदस्यमा राखियो। मैले बागी उम्मेदवारी दिइनँ। अब म एमालेको केन्द्रीय सदस्य हुन्न, संगठित सदस्यमात्र बस्छु,’ पण्डितले भने।पण्डित एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए।

त्यतिबेला उनी माधवकुमार नेपाल प्यानलबाट उम्मेदवार बनेका थिए ।२०७४ को निर्वाचनमा मोरङ–६ कांग्रेस नेता शेखर कोइरालालाई हराएर पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्री बनेका थिए ।

footer