kumari
stcnepal

त्रिकोणात्मक टी – २० अन्तराष्ट्रिय क्रिकेट सिरिज : आज नेपाल र हङकङ बीच खेल हुने

काठमाडौँ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

 

footer