kumari
stcnepal

नेपालले हरायो पीएनजीलाई, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन

काठमाडौं। हङकङमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले पपुवा न्युगिनी(पीएनजी)लाई ८५ रनले हराएको छ।

एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६‍.१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो। नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए। कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए।

विवेक यादवले पनि एक विकेट हात पारे। जितसँगै नेपाल फाइनल पुगेको छ। अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजी कुनै समय ८९(४ को स्थितीमा थियो। तर लगातार तीन बलमा तीन विकेट गुमाएको पीएनजी संकटमा परेको थियो। शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।

footer