kumari
stcnepal

कमल थापा पराजित भएपनि भाई, भतिज र छोरी विजयी

 

काठमाडौँ । राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् । उनी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् ।

त्यस्तै भाइ गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याएका छन् । गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।

राप्रपाको पहिलो एकता महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन्

 

 

 

 

footer