kumari
stcnepal

राप्रापामा को —को भए पदाधिकारी

 

काठमाडौं । राप्रपाको सबै पदाधिकारीहरुको विजयी नामावली सार्वजानिक भएको छ । अध्यक्ष पदको छिनोफानो भएसँगै अन्य पदाधिकारीहरुको विजेता पनि घोषणा भएको हो ।

यद्यपी अन्य पदाधिकारीहरुको मतगणना अध्यक्षको भन्दा पहिलै सकिएको थियो । राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् ।

पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् ।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् ।

महिला महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् ।

सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।
त्यस्तै महामन्त्री धवल शम्शेर राणा विजयी भएका छन् । राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।

footer