kumari
stcnepal

आजदेखी गुटको अन्त्य भयो –अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वान समेत गरे ।
विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’

लिङ्देनले भने विगतमा जे भए पनि आजबाट राप्रपामा गुट अन्त्य हुने दाबी गर्दै ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’

‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन,’ उनले अगाडि भने, ‘यो विजयको, नेतृत्व परिवर्तनको अनेक आयाम र उपलब्धि छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं भन्दै राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले आफुले बोलेका कुरालाई व्यवहारमा देखाउने बताए । ‘अब परिणाममा देखाउनुपर्छ । मेरो काँधमा पनि कुराले होइन, परिणामले देखाउने जिम्मेवारी आएको छ,’ उनले भने ।

उनले पुराना पुस्ताका नेताहरुको साथ र सहयोगबाटै अघि बढ्न चाहेको बताए । राजेन्द्र लिङ्देन पनि अरु नेताहरु जस्तै रहेछ भन्ने मौका नदिने उनले बताए । ‘थुक्क, यो राजेन्द्र लिङ्देन पनि उस्तै रहेछ भन्ने मौका दिन्नँ, तपाईंहरुको शीर झुक्ने काम गर्दिनँ,’ उनले भनेका छन् ।

 

footer