kumari
stcnepal

आजको शेयर वजार २४५५ अंकमा झर्‍यो

काठमाडौैँ आज पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै आज शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।
/

आज  अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा बजार पुरै राताम्मे देखिएको छ । यद्यपि, स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबीआई बैंक लगायतको शेयर मूल्य भने बढेको छ । आज  धेरै गुमाउने कम्पनीहरुमा सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीहरु देखिएका छन् ।

 

footer