kumari
stcnepal

राप्रपामा नेतृत्व पुस्तान्तरण

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको महाधिवेशनवाट अध्यक्ष पदमा केपी ओली नै पुन निर्वाचित भएका छन् भने पदाधिकारीमा प्राय पुरानै व्यक्तिहरु निर्वाचित भएका छन् । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत महाधिवेशन सम्पन्न भएको छ ।राप्रपाका अध्यक्ष त्रय मध्येका कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी मध्येका कमल थापा मात्र अध्यक्ष पदको उम्मेदवार बनेका थिए । डा. लोहनी र राणाले उम्मेरदवारी नै दिएका थिएनन् ।

अध्यक्ष पदमा उम्मेरदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देन बीच तिव्र प्रतिस्पर्धा भएको निर्वाचनमा लिङ्देनले १९७ मतले थापालाई पराजित गरेपछि राप्रपाको नेतृत्व गर्दै आएका थापा, राणा र लोहनी अब सकृय राजनितिवाट विश्राम लिने अवस्थामा पुगेका छन् । राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएपछि नेतृत्व पुस्तान्तरण भएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसको महाधिवेशन आजवाट सुरु हुदैछ । काग्रेसमा समेत नेतृत्वको पुस्तानतरण हुन सक्ने सम्भावना भने न्यून देखिएको छ । काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा फेरी सभापतिको उम्मेरदवार बन्ने निश्चित जस्तै रहेको छ, भने संस्थापन इतरपक्षवाट पनि सभापतिको दौडमा रहेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा.शशाक कोइराला, गोपालमान श्रेष्ठ पुरानै पुस्ताका रहेकाले यहि महाधिवेशनवाट काग्रेसको नेतृत्व पुस्तान्तरण हुन सक्ने सम्भावना नै देखिदैन ।

काग्रेसका दोस्रो पुस्ताका नेताहरुले राप्रपामा पुस्त्तान्तरण सम्भव भएकोले गर्दा काग्रेसमा समेत हुनु पर्ने झिनो आवाज उठाईरहेका भएपनि देउवा, पौडेल लगायतलाई टक्कर दिन सक्ने व्यति अहिले नदेखिएको हुनाले काग्रेसमा पुस्तान्तरण असम्भव जस्तै देखिएको छ ।
आउँदो पुष महिनामा सत्ताधारी अर्को दल माओवादी केन्द्रको समेत राष्ट्रिय सम्मेलन हुने निश्चित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विगत ३२ वर्षदेखी पार्टीको नेतृत्वमा रहेका र उनलाई पार्टीमा टक्कर दिनसक्ने व्यक्ति अहिले नदेखिएको हुनाले उनी नै पुन सर्वसम्मत ढंगले अध्यक्ष बन्ने प्राय निश्चित जस्तै रहेकोले गर्दा माओवादी केन्द्रमा समते पुस्तान्तरण असम्भव रहेको छ । नेतृत्व पुस्तान्तरण गर्ने राप्रपा पहिलो पार्टी बनेको छ ।

राप्रपामा हिजो पञ्चायती व्यवस्था रहदा त्यसैमा काम गरेका धेरै नेता तथा कार्यकर्ताहरु रहेका भएपनि आफूभन्दा धेरै सिनियर नेताहरुलाई पछि पार्दै लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । थापा पक्ष र लिङ्देन पक्ष भएर प्यानलै वनाएर निर्वाचनमा गएका थापा र लिङ्देन पक्षमा रहेका दुवै पक्षका प्रभावशाली नेताहरु निर्वाचित भएका हुनाले कार्यकर्ताहरुमा एक प्रकारको उत्साह जागेको भएपनि अध्यक्ष लिङदेनले कस्तो व्यवहार गर्दछन् । आफुभन्दा सिनियर नेताहरुलाई कस्तो व्यवहार गर्दछन्, भने अहिले प्रश्न उठेको र उनका व्यवहारले नै उनको सफलता र असफलता उनैमा भर पर्ने निश्चित छ ।

footer