kumari
stcnepal

सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले संसद्‌काे गतिरोध हटाउन प्र्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग परामर्श गरेकै दिन सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारमा उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग अहिले छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ । छलफल संसदको गतिरोध हटाउने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुति लगायतका विषयमा केन्द्रित छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

footer