kumari
stcnepal

११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु भएन

काठमाडौँ । ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन सकेको छैन । सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी दलको बैठक बसिरहेको छ । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।

सभामुख देवराज घिमिरे विपक्षी र कार्यदल बैठकको निर्णय कुरेर संसद् भवन स्थित कार्यकक्षमा बसेका छन् । सभामुखको कार्यकक्षमा केही मन्त्रीहरू र सत्तापक्षका नेताहरू छन् । कार्यदलमा सहमति जुटे संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा भएपनि सहमति जुट्ने सम्भावना न्यून बन्दै गएको छ ।

यता विपक्षी दल सहमति नजुटे कसरी अघि बढ्ने भनेर थप रणनीति बनाउन व्यस्त छन् । सहकारीको रकम हिनामिना र अपचलनमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रतिपक्ष दलले लगातार संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

 

footer