२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु भएन

1.08K
shares

काठमाडौँ । ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन सकेको छैन । सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी दलको बैठक बसिरहेको छ । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।

सभामुख देवराज घिमिरे विपक्षी र कार्यदल बैठकको निर्णय कुरेर संसद् भवन स्थित कार्यकक्षमा बसेका छन् । सभामुखको कार्यकक्षमा केही मन्त्रीहरू र सत्तापक्षका नेताहरू छन् । कार्यदलमा सहमति जुटे संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा भएपनि सहमति जुट्ने सम्भावना न्यून बन्दै गएको छ ।

यता विपक्षी दल सहमति नजुटे कसरी अघि बढ्ने भनेर थप रणनीति बनाउन व्यस्त छन् । सहकारीको रकम हिनामिना र अपचलनमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रतिपक्ष दलले लगातार संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports