kumari
stcnepal

राप्रपाको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक शनिबार पनि बस्दै छ ।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने क्रम जारी रहने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले भने, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरू प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउँछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरूले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ। ’ भोलीसम्म चल्ने उक्त बैठकमा कार्यपत्रहरू बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरूले छलफलमा महत्त्व पाउने लिङ्देनले जानकारी दिए ।

footer