प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

585
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक शनिबार पनि बस्दै छ ।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने क्रम जारी रहने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले भने, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरू प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउँछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरूले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ। ’ भोलीसम्म चल्ने उक्त बैठकमा कार्यपत्रहरू बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरूले छलफलमा महत्त्व पाउने लिङ्देनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports