kumari
stcnepal

शशाकले भने म कुनै गुटमा छैन

काठमाडौँ । काँग्रेस महामन्त्री शशांक कोइरालाले आफू कुनै गुटमा नरहेको बताएका छन् भने महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै गुटमा नरहेको स्पष्ट पारेका हुन् । उनले आफूले पार्टीभित्र ग्रुपिजम अन्त्य गर्न चाहेको पनि बताएका छन् ।

‘म कुनै गुटमा छैन। त्यही भएर दुवैको प्यानलमा मेरो नाम छ। म ग्रुपिजम अन्त्य चाहन्छु’, कोइरालाले भने । काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज सोमबार मतदान हुँदैछ भने कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

उनी सभापतिको उम्मेदवार भएपनि आफ्नो समूहभित्र समीकरण नमिलेपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् । उनलाई आफू निकट भन्दै शेरबहादुर देउवा र शशांक कोइराला समूहले प्रचार गरेपनि शशांकले भने आफू कुनै गुटमा नरहेको बताएका हुन् । ​

footer