kumari
stcnepal

टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित

डालास । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए । त्यस्तै, अनिल साहले १६ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । आसिफ शेखले २२ बलमा २२ रन जोडे । कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।

footer