२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित

1.2K
shares

डालास । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए । त्यस्तै, अनिल साहले १६ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । आसिफ शेखले २२ बलमा २२ रन जोडे । कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports