kumari
stcnepal

हालै बढुवा भएका डिआइजीहरूले पाए जिम्मेवारी

हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन भएको छ । गृहमन्त्री रवि लामिछानेले बुधबार हालै डीआईजीमा बढुवा नियुक्ति भएका चार जना डीआईजीको जिम्मेवारी तोकेका हुन् ।

जसअनुसार डीआईजी कृष्ण हरि शर्मा पोखरेल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् । यस्तै दानबहादुर कार्की प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन हुँदा डा मनोज कुमार केसी प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

footer