kumari
stcnepal

मधेश प्रदेश नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका मुख्यमन्त्री तथा मन्त्री र राज्यमन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

जनमत पार्टीका सतिशकुमार सिंहले मुख्यमन्त्रीको शपथ लिए। यस्तै, मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ९ जना मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिए। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ र युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीको शपथ लिए।यस्तै, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्रीको रूपमा सपथ लिए।

यस्तै, एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेलीले उर्जा सिँचाई तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिइन्। नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी गृह, सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रीको रूपमा सपथ लिइन्। यस्तै, जनमतकी रञ्जु मण्डल खंग विना विभागीयय राज्यमन्त्री नियक्त भएकी हुन्।

footer