linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेश नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ

650
shares

जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका मुख्यमन्त्री तथा मन्त्री र राज्यमन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

जनमत पार्टीका सतिशकुमार सिंहले मुख्यमन्त्रीको शपथ लिए। यस्तै, मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ९ जना मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिए। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ र युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीको शपथ लिए।यस्तै, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्रीको रूपमा सपथ लिए।

यस्तै, एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेलीले उर्जा सिँचाई तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिइन्। नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी गृह, सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रीको रूपमा सपथ लिइन्। यस्तै, जनमतकी रञ्जु मण्डल खंग विना विभागीयय राज्यमन्त्री नियक्त भएकी हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports