kumari
stcnepal

कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने बताएका छन् ।

नेपाली कांग्रेसको सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।गत २४ गतेबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाा कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पाच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच  हिजो (मंगलबार) पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका छन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको थियो ।

footer