kumari
stcnepal

आर्थिक वर्षको चार महिना विदेशी मुद्राको सञ्चिति घट्यो

काठमाडौँ । मुलुकको विदेशी मुद्राको सञ्चिति घटेर १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर सञ्चितिमा रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ११.० प्रतिशतले घट्दै १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बैंकले जनाएको छ ।

footer