kumari
stcnepal

गगन र विश्वप्रकाश बने कांग्रेसको महामन्त्री

 

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा हालै सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् ।
यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
महामन्त्रीमा थापाले जीता लागि आवश्यक भन्दा बढी मत ल्याइसक्नु भएको छ भने शर्मा पनि बाँकी सवै मत बिपक्षी उम्मेद्वारले पाउँदा पनि जितमा पुग्नुभएको हो । शर्माले १८२४ मत ल्याउनु भएको छ छ । उहाँलाई पच्छ्याइ रहनुभएका डा। प्रकाशशरण महतले १४ सय ५५ र प्रदीप पौडेलले १३०३ मत पाउनु भएको छ । यस्तै डा. मिनेन्द्र रिजालले ७५३ मत र राजाराम कार्कीले १ सय मत पाउनु भएको छ ।

footer