kumari
stcnepal

महँगो वनाईयो पार्टीको चुनाव

काठमाडौँ । मंसीर महिनामा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काग्रेसका गरी ३ वटा पार्टीका महाधिवेशन सम्पन्न भएका छन् भने यहि पुष १० गते देखी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन समेत सुरु हुदैछ । नेकपा एमाले, राप्रपा र काग्रेसले पार्टी प्रतिनिधिहरुलाई महाधिवेशनको समयमा मतदान सकिएको भोली पल्ट सम्मका लागि खाना र बासको व्यवस्था गरेको थियो भने माओवादी केन्द्रले भने प्रतिनिधिहरुले नै खाना र बासको व्यवस्था आफै गर्नुपर्ने वताएको छ ।

नेकपा एमाले, राप्रपा र काग्रेसले महाअधिवेशनमा विभिन्न पदमा उम्मेदवार हुने व्यक्तिहरुवाट मोटो रकम असलु उपर गरेको छ । नेकपा एमालेवाट कति रकम असुल उपर गरीयो भन्ने नखुलाइएको भएपनि उसले घटीमा ५० लाख उठाएको छ । राप्रपाले समेत ५० लाख कै हाराहारीमा रकम उठाएको छ भने काग्रेसले उम्मेदवारी शुल्कवाट मात्र ५९ लाख ९५ हजार रुपैया उठाएको छ । काग्रेसले सभापतिको उम्मेदवारको लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको थियो । काग्रेसको सभापतिको ६ जना उम्मेदवारले उम्मेदवारी दिएका हुनाले १ लाख ८० हजार उठाएको छ ।

उपसभापति र महामन्त्री पदका लागि २५ हजार तोकेको थियो । उपसभापतिमा ७ र महामन्त्रीमा ६ जनाको उम्मेदवारी वाट उपसभापतिवाट १ लाख ७५ हजार र महामन्त्रीमा १ लाख ५० हजार उठाएको छ ,त्यसै गरी सहमहामन्त्रीका लागि २० हजार तोकेकोमा ८ सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दर्ता गराएकोले उनीहरुवाट ४ लाख उठेको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकेकोमा १ सय २१ सदस्य चुनिनेमा ५ सय ९ जनाले उम्मेदवारी दर्ता गराएकाले उनीहरुवाट ५० लाख ९० हजार रुपैया उठेको छ । यो सबै पैसा पार्टीको खातामा जम्मा गरीएको छ ।

यसरी पार्टीको विभिन्न पदमा उम्मेदवार हुनैको लागि पनि सबै पार्टीहरुले मोटो रकम असुल उपर गर्ने गरेको हुनाले पैसा नहुने र जिल्लावाट राजधानीमा आएका प्रतिनिधहरुले पैसा नभएकै कारण उम्मेदवारी दिन नसकेका र प्रचार प्रसारमा समेत ठूलो रकम खर्च गर्नु पर्ने भएकोले गर्दा अब सामान्य कार्यकता पार्टीको माथिल्लो पदमा पुग्न सक्ने अवस्था नरहेको कार्यकर्ताहरुले नै वताएका छन् ।

उनीहरुका अनुसार अब धनीमानी र पैसा जुटाउन सक्ने वाहेकका अन्य कार्यकर्ताहरुले पार्टीको माथिल्लो पदमा मात्र होइन केन्द्रीय सदस्य र प्रदेशसभाको पदाधिकारी र सदस्य समेत वन्न नसक्ने अवस्था दलहरुले सिर्जना गरेको भन्दै आक्रोश समेत पोखेका छन् । उनीहरुले भने हामीजस्ता सामान्य वर्गका प्रतिनिधिहरुलाई त भोट हाल्ने भेडाबाख्रा पो वनाईयो ।

footer