kumari
stcnepal

एमालेले दियो सापकोटालाई दुई विकल्प

काठमाडौँ । संघिय संसदको प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसदमा राखेर सदन चल्न नसक्ने बताएका छन् ।

‘संसदप्रति नै हाम्रा केही प्रश्नहरु छन् । संसदको गतिरोधसँग जोडिएर हामीले आफ्ना कुराहरु राखिरहेका छौ । विशेषगरी हामीले पार्टीका तर्फबाट कारवाही गरिएका सदस्यहरुलाई सभामुखले सूचनामात्रै प्रकाशित गर्नुपर्ने अधिकार भएकोमा अन्यथा गरेकोप्रति हाम्रो असहमति छ’, एमाले महासचिव पोखरेलले भने, ‘अर्कोतर्फ निर्वाचन आयोगको प्रक्रियाप्रति पनि हाम्रो असहमति छ ।

असहमति प्रकट गर्दै हामीले त्यस विषयमा मुद्दा दर्ता गरेका छौ । जबसम्म यी विषयहरुको सम्बोधन हुदैन तब सम्म हामीले कारवाही गरेका सदस्यहरुलाई राखेर संसद चलाउने काम हुन सक्दैन । महासचिव पोखरेलको यस्तो भनाईले संसदको काम कारवाही तत्काल अघि बढ्न सक्ने सम्भवना देखिदैन ।

footer