kumari
stcnepal

पूर्वमन्त्री सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।यसअघि राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाए ।

३९ मत भने बदर भएको छ निर्वाचन समितिले जानकारी दिएको छ ।

 

footer