kumari
stcnepal

उद्योग मन्त्री भण्डारी र खेलकुद मन्त्री चौधरीको विदेश भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्री भण्डारीलाई विमस्टेक बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली र खेलकुद मन्त्री चौधरीलाई ओलम्पिक खेल समारोहमा सहभागी हुनका लागि फ्रान्स भ्रमणमा जान स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

उद्योगी/व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिच देखिएको ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युत् बक्यौता विवादबारे सोमबारको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको ती मन्त्रीले बताए । विद्युत् प्राधिकरणले डेडिकेटेड–ट्रंकलाइनको महसुल भुक्तानी नगर्ने उद्योगहरूको विद्युत् काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली व्यवसायीको पक्षमा उत्रिएका थिए ।

उनले उपयोग गरेको विद्युतको पैसा तिर्नुपर्ने तर उपयोग नगरेको विद्युतको पैसा नतिरेको भनेर विद्युत् काट्न नपाइने बताएका थिए । सोही विषयमा आइतबार र सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदहरूबिच सवाल जवाफ नै भएको थियो । यसका आधारमा कतिपयले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सक्ने चर्चा समेत हुँदै आएका थिए ।

footer