kumari
stcnepal

संसदीय सुनुवाइमा पत्रकारलाई निषेध गर्नु आपत्तिजनक रहेको छ : नेपाल पत्रकार महासंघ

काठमाडौँ – निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइका क्रममा सञ्चार माध्यमलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानको सुनुवाईको क्रममा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र जिम्मेवार दलका पदाधिकारी समेतको सक्रियतामा सञ्चार माध्यमलाई निषेधको भन्दै आपत्ति जनाएको हो।

‘प्रस्तावित व्यक्ति माथि गम्भीर प्रकृतिको उजुरी परेको अवस्थामा संसदीय सुनुवाइ समितिको आफ्नै अभ्यास विपरीत सार्वजनिक सञ्चार माध्यमलाई निषेध गरिएको यो कार्यप्रति महासंघ आपत्ति प्रकट गर्दछ। महासंघ सञ्चार माध्यमलाई निषेध गरिएको यो घटनाप्रति गम्भीर हुन र आगामी दिनमा यस किसिमका कार्य दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

footer