linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमाअधिकारी नियुत्त, सदस्यहरूमा को -को नियुक्त भए ?

702
shares

काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको बैठकबाट पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन् । योजना आयोगमा नियुक्त भएकामध्ये बिच्छा, टण्डन र अवस्थी नेपाली कांग्रेस निकट हुन् भने अरु नेकपा एमाले निकट हुन् ।

उपाध्यक्ष नियुक्त भएका अधिकारी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुन् । उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए । उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका उनले पहिलो पटक योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका हुन् ।

सन् २०१० मा थाइल्यान्डको चुलालोङकर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनका अर्थशास्त्र, विकासका मुद्दाहरू र सार्वजनिक वित्तका क्षेत्रमा १०० भन्दा बढी जर्नल र लेखहरू प्रकाशित छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports