kumari
stcnepal

ग्लोबल आईएमई बैकको सिइओ बने रेग्मी, भाद्र १ गते देखी कार्यभार समाल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्ति भएका छन् ।

बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी बैंकको सिनियर डेपुटी सिईओ (वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत) थिए । उनको कार्यकाल आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल यही महिना सकिँदैछ । साउन मसान्तसम्म बज्राचार्य सिइओ रहने छन् । तर, भदौ १ गतेदेखि भने रेग्मीले आफ्नो जिम्मेवारी सम्हालेनछन् । गत वर्ष २०८० असोज १ गतेदेखि लागू हुने गरी रेग्मी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।

उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा भएका थिए । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । उनीसंग बैंकिङ्ग क्षेत्रको करिब ३६ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

footer