kumari
stcnepal

दुबै हात नभएका गणेश राई प्रधानमन्त्री ओलीको सचिवालयमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङका गणेश राईलाई सचिवालयमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

खोटाङ काहुलेका राई जन्मजात अपाङ्ग हुन् । उनको दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । प्रधानमन्त्री ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए । ओली प्रधानमन्त्रीबाट आउट भएपछि राईलाई पनि हटाएको नेकपा एमालेका नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि राईले प्रधानमन्त्रीको सचिवयलमा रहेर काम गरेका थिए ।

ओली फेरी प्रधानमन्त्रीबाट आउट भएपछि राईलाई पनि सिंहदरबारबाट हटाएको भट्टराईले बताए । ओली तेस्रो पटक प्रधानमन्त्री बनेपछि अपाङ्ग भएका राई पुन: सचिवालयमा फर्किएका छन् । प्रधानमन्त्री ओलीले दुइ हात नभएको त्यो गणेश कता छ ? भन्दै खोजेका थिए । गणेश कतै नदेखेपछि खोटाङका नेतालाई सम्पर्क गर्न निर्देशन दिएका थिए । सहसचिव बिनोद कुवरले आँफैले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाए ।

प्रधानमन्त्री ओलीसँग भेटपछि राई सचिवालयमा नियुक्त भएका छन् । अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने नेता भट्टराईले बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ” खोटाङ काहुलेका गणेश राई जन्मजात अपाङ्ग हुनुहुन्छ अर्थात उहाँका दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उहाँलाई स्व. मिलन राईले केहि काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याउँनुभयो, भैरव राईले निकै ठुलो सहयोग गर्नुभयो ।

यसैबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो र भैरव राई , स्व. मिलन राई लगायत हामीले गणेशलाई प्रधानमन्त्रीज्युसँग भेट गराएर उहाँको क्षमता बताउदै आधा हातले सरर कम्प्युटर चलाएको देखाएपछि तुरुन्त सचिवालयमा राख्न निर्देशन दिनुभयो र गणेशको रोजगारीको यात्रा प्रारम्भ भयो ।आरोप बिल्कुलै हैन, केपी ओली प्रधानमन्त्रीबाट हटाईएपछि गणेशलाई पनि हटाईयो । दुखले जीविका गर्दै हुनुहुन्थ्यो , फेरि केपी ओलीनै दोश्रो कार्यकालको लागि प्रम भएर सिंहदरवार फर्केपछि मात्र गणेशको जागिर जोडियो ।

फेरि केपी ओलीलाई हटाईयो, गणेशलाई पनि हटाईयो। अहिले प्रमको रुपमा सिंहदरवार आएपछि केपी ओलीले दुइ हात नभएको त्यो गणेश कता छ भनेर खोज्नुभएछ, गणेश कतै नदेखेपछि खोटाङे नेतालाई सम्पर्क गर्न भन्नुभएछ । सहसचिव बिनोद कुवरले आफैंले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाउनुभयो र प्रमसँग भेट गराएपछि पुन: जागिरको निरन्तरता भयो । अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने रहेछ !”

footer