पोखरा । पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ ।
मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो । बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए ।
एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।