kumari
stcnepal

बस्तीमा पस्यो बागमती नदी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ । जसकारण बागमती, विष्णुमती लगायतका नदीले खतराको तह पार गरेका छन् ।

बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोला लगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभाग आग्रह गरेको छ । यता ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

भक्तपुरको हनुमन्ते खोला, वाग्मतीको गौरीघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेर बस्ती जलमग्न भएकाे छ ।

footer