kumari
stcnepal

चार वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

footer