kumari
stcnepal

एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

footer