kumari
stcnepal

ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पायो, तिन राज्यमन्त्री थपिए

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो । तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

 

footer