kumari
stcnepal

पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शिर्ष स्थानमा कायमै

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जित्दा चीन शीर्ष स्थानमा छ । अहिलेसम्म ४० देशले स्वर्ण पदक जितेका छन् ।

चीन १६ स्वर्णसहित शीर्ष स्थानमा छ । चीनले १२ रजत र ९ कांस्य पदक जितेको छ । यस्तै अमेरिका १४ स्वर्ण, २४ रजत र २३ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ८ रजत र ७ कांस्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसै गरी ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ कांस्य पदकसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जितेको छ भने जापानले ८ स्वर्णसहित ५ रजत र ९ कांस्य पदक जितेको छ । त्यसै गरी इटालीले ६ स्वर्ण, ८ रजत र ५ कांस्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जितेको छ । त्यस्तै क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेको छ भने जर्मनीले ४ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको छ ।

त्यसै गरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, क्रोसिया, बेल्जियम, हङकङ र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन् ।त्यसै गरी ब्राजिल, इजरायल, स्विडेन, जर्जिया, स्वीजरल्याण्ड, स्पेन, काजकिस्तान, दक्षिण अफ्रिका, युक्रेन, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, फिलिपिन्स, सर्बिया र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसै गरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, जमैका, कोसोभो, टर्की, डेनमार्क, इथोपिया, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, चाइनिज ताइपेइ, अस्ट्रिया, इजिप्ट, ग्रेनाडा, लुथियाना, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

footer