kumari
stcnepal

ग्लोबल टी-२० लिगको उपाधि रोहित पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जित्यो

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रनको योगदान गरे ।

footer