kumari
stcnepal

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प छैन : सांसद भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका छन् ।

भण्डारीले गृह जिल्लाको थर्पुमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञमा धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । देश हाँक्ने नेताहरुको गल्तीका कारण नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नबाट रोकि राखिएको भन्दै नेताहरु प्रति सांसद भण्डारीले आक्रोश पोखेका थिए । नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै गर्दा अन्य धर्म सस्कृतिको सुनिश्चिता हुनुपर्छ भन्ने विषयमा आफू प्रतिवद्ध रहेको र त्यसका लागि आफूलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने समेत सांसद भण्डारीको भनाइ रहेको थियो । सनातन धर्म संस्कार र सभ्यताको दृष्टिकोणले नेपाल छिमेकी मुलुक चीन र भारत भन्दा पनि अग्रस्थानमा रहेको जिकिर समेत सांसद भण्डारीले गरेका थिए ।

विश्वका विभिन्न मुलुकहरुले धर्मका माध्यमबाट मुलुक अर्थतन्त्र मजबुत बनाएको प्रसङग उल्लेख गर्दै सांसद भण्डारीले नेपालले समेत वैदिक सनातन धर्म सस्कृतिका माध्यमबाट मुलुक अर्थतन्त्र मजबुत बनाउने विषयमा कुनै द्धिविधा नरहेको बताएका थिए । देश भित्रका विभिन्न स्थानमा रहेका मठ मन्दिर र धार्मिक स्थलहरुको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा समेत सांसद भण्डारीले जोड दिएका थिए । वैदिक सनातन हिन्दू धर्म संस्कृतिको संरक्षणमा स्थानीयले चालेको अभियानको समेत सांसद भण्डारीले प्रंशसा गरेका थिए ।

footer