kumari
stcnepal

नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका छन् ।बुधवार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका हुन् ।

‘यदि यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता र स्थापित गर्ने काम ठुलो स्केलमा हुने थियो होला’, प्रचण्डले भने, ‘संसारभर चल्ने यस प्रकारका युद्ध कि त हारमा परिणत भएका छन् कि जितमा ।’ त्यसकारण नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रूपमा रहेको भन्दै यसको अनुभव पनि मौलिक रहेको बताए । उनले हाम्रै माटो, गृह जलवायु, संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताए ।

राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढंगले स्थापित गरेको बताए । सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए । उनले ११ राती कुनै खुनखराव त्यो काम गरेको बताए । सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत आफ्नो पार्टी विभाजन भए पनि देश बचेको प्रचण्डको भनाइ छ ।

footer