kumari
stcnepal

लोकतन्त्र र गणतन्त्र सङ्घीयताका अवयव : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र गणतन्त्र सङ्घीयताका अवयव भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संविधान संशोधनको प्रश्नमा प्रधानमन्त्री ओलीले सहमतिका साथ नै संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउने भनिएको बताए ।

‘यसका लागि दलहरुका विचमा छलफल गर्न जरुरी छ । यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ?’, ओलीले आफैले निर्माण गरेको संविधानलाई अझ सर्वस्वीकार्य बनाउने भनिएकाले भ्रम राख्न जरुरी नभएको बताए । उनले कतिपयले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनतिर फर्कन लागेको भनेर गरेको टिप्पणीको खण्डन गर्दै ओलीले भने, ‘हामीले जे का लागि संघर्ष, दुःख कष्ट भोगेर जनप्रतिनिधि भएका छौँ ।’ उनले लोकतान्त्रिक गणतन्त्रप्रति बाचा गरेको भन्दै त्यो बाचा सानो नभएको बताए । ‘बाचा बन्धन सानो कुरा होइन’, प्रधानमन्त्रीले भने, ‘र हामीले लिखत सिग्नेचर पनि गरेका छौँ, यो सानो कुरा होइन ।’

उनले लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ? भन्दै प्रश्न पनि गरे । उनले तानासाही ठिक छ भनेर त्यसकैविरुद्ध कसरी लड्न सकिन्छ भन्दै अधिनायक विरुद्ध लडेर आएकाले संविधान असंशोधनीय दस्ताबेज नभएको बताए । ‘लोकतन्त्र, सुशासन र विकासलाई प्रभावकारी बनाउने कुरामा संविधानका धारा उपधारा फेरबदल गर्न नसकिने होइन’, उनले भने, ‘यसको अर्थ जे मन लाग्यो त्यही गर्ने भनेको होइन । संविधान दश जनता विकास र सुशासनका लागि हो ।’

footer