kumari
stcnepal

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योगदान छैन ? : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाएका छन् ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका हुन् । आफूले मौका पाउने बित्तिकै अरूलाई बिर्सिन नहुने उनको भनाई थियो । उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योगदान छैन ? दलहरूले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याए बापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले  शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताए । उनले यसलाई कसरी टुङ्ग्याउने भन्ने कुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताए ।  उनले भने, ‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरा गर्दछौँ । त्यस बेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुङ्ग्याउने भन्ने कुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व ग¥यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ ।
कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा विद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रूपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’
footer