kumari
stcnepal

सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिव सरूवा गर्यो, को कहाँ ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधबार विभिन्न निकायमा रहेका १५ जना उपसचिवहरूको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुरुवा भएका छन् ।यस्तै राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहालको विद्युतीय सुशासन आयोगमा सुरुवा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राज भुसालको राष्ट्रिय महिला आयोगमा सुरुवा भएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयकी उपसचिव रत्नेश शशिलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू रविन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, छविलाल पौडेलको गृह मन्त्रालयमा सुरुवा गरिएको छ । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्मालाई रक्षा मन्त्रालय पठाइएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव फणिन्द्र प्रसाद पौडेलको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दरबन्दीमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सुरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ईश्वरी प्रसाद ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव सुरेश राज जोशीको गृह मन्त्रालयमा सरुवा हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्ण प्रसाद चापागाईँको गृह मन्त्रालयमा सरुवा भएको छ ।

footer