kumari
stcnepal

गृह मन्त्रालय स्थित प्रशासन महाशाखाका प्रमुख फेरिए

काठमाडौँ । गृह मन्त्रालयस्थित प्रशासन महाशाखाका प्रमुख फेरिएका छन् । गृहमन्त्री रमेश लेखकले प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव छवि रिजाललाई दिएका हुन् ।

रिजालले चितवन स्थित सिमलताल दुर्घटना अध्ययन कार्यदलको संयोजन गरेका थिए । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्यलाई नीति योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरुवा गरिएको छ । यसअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

आचार्य नेतृत्वको कार्यदलले प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिबारे अध्ययन गरेर प्रतिवेदन बुझाएको छ । साउन १७ मा प्रतिवेदन बुझाउँदै आचार्य कार्यदलले एआईजीको पदावधि ४ वर्ष राख्न र प्रत्येक आर्थिक वर्षामा ६ महिनाको दरले ३० वर्षे सेवा अवधि हटाउन सुझाएको छ ।

footer