kumari
stcnepal

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा निधन हुने स्कुटर चालकको सनाखत भएन

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा निधन हुने स्कुटर चालकको सनाखत हुन सकेको छैन । यसअघि एकजना युवकले मृत्यु हुने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरे । तर, दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुषमा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेकी छन् ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । स्कुटर चालक महिलालाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

footer