kumari
stcnepal

भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउँदै

काठमाडौँ । भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउन लागेका हुन् । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ ६ गते नेपाल आउन लागेको बताइएको छ ।

सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको निमन्त्रणामा उनी नेपाल आउन लागेको बताइएको छ । दुई दिनसम्म उनी नेपालको भ्रमण गर्ने बताइएको छ ।बैठकपछि विभिन्न उच्चस्तरीय भेटघाट पनि रहेको छ । सीमामा हुने विदेशी घुसपैठ तथा अपराध लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

footer