kumari
stcnepal

सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का

काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

उनले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिए पनि विवरणहरू आइनसकेको बताइन् । प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो । ‘सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले भनिन् ।

सूचना आए लगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ ।

footer