kumari
stcnepal

प्रभु बैक र समाज डेन्टल हस्पिटलमा विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका-३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रालि बीच विशेष छुट सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट निर्देशक श्रेया पाँडे र बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार हस्पिटलका सम्पूर्ण शाखामा बैंकका कर्मचारी र कर्मचारीका परीवार तथा ग्राहकले क्रमश: १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

footer