kumari
stcnepal

बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुस र भारतीय प्रधानमन्त्री मोदी बीच फोन बार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको फोन आएको बताएका छन्।बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि युनुस र प्रधानमन्त्री मोदीबीच पहिलोपटक संवाद भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्- मलाई मोहम्मद युनुसको फोन आयो। यस क्रममा हामी दुवैले बंगलादेशको वर्तमान अवस्थाको बारेमा कुरा गर्‍यौँ।उनले अगाडि लेखेका छन्- मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशका लागि भारतको समर्थन दोहोर्‍याएँ। उहा (मोहम्मद युनुस) ले बंगलादेशमा हिन्दु र सबै अल्पसंख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्।

बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै शेख हसिना यही अगस्ट ५ मा भारत आएकी छन्।त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो। युनुस एक प्रख्यात अर्थशास्त्री हुन्, जसले नोबेल पुरस्कारसमेत पाएका छन्।

footer