kumari
stcnepal

रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

रुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो ।

सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटर माथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामीको खतरा जारी गरिएको छैन । सीएनएन

footer